एमालेको उम्मेदवारी दर्ता आज हुने, सर्वसम्मतको निर्णय भीम रावलमा निर्भर

चितवन । नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्तालगायत थप कार्यक्रम (आज) आइतबारका लागि सरेको छ ।

शनिवार बन्द सत्र निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएपछि निर्धारित कार्यक्रमहरु प्रभावित भएका हुन् । बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताए । 

अर्को स्रोतका अनुसार सर्वसम्मतको वातावरण बनाउन थप अध्यक्ष ओलीले कसरत गर्ने उदेश्यले उम्मेदवार दर्ता कार्यक्रम एकदिन पर धकेलिएको बताइएको छ । 

शनिवार साँझसम्मको स्थितिमा सर्वसम्मत नेतृत्व चयन गर्ने विषय पेचिलो बन्दै गएको छ।

अध्यक्ष केपी शर्मा ओलीले आफूसहित सबै पदाधिकारी सर्वसम्मत बनाउन चाहे पनि आफ्नै समूह र प्रतिष्पर्धी अर्को समूहका नेताहरूलाई मिलाउन नसक्दा सर्वसम्मतिको प्रयास विफल हुने सम्भावना बढेको छ । योसँगै एमाले महाधिवेशनको अवधि समेत लम्बिने देखिएको छ। आइतवार महाधिवेशन सम्पन्न हुने यसअघिको कार्यतालिका छ । 

अध्यक्ष ओलीनिकट नेताहरूका अनुसार सर्वसम्मतिको प्रयास अहिले अध्यक्षमा दाबेदारी गरेका भीम रावलमा अड्किएको छ।

उपाध्यक्ष रावलको उम्मेदवारीले आफूनै सर्वसम्मत बन्न ओलीलाई चुनौती थपिएको छ। अध्यक्ष ओली नै सर्वसम्मत हुने/नहुने टुंगो नभएपछि उनको समूहका पदाधिकारी आंकाक्षी नेताहरूले पनि आफ्नो दाबी छोडेका छैनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×