‘योग्य जनप्रतिनिधि निर्वाचित गर्न सके मात्र गाउँको विकास’

काठमाडौँ - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन्।

गाउँठाउँको परिवर्तन र विकास गर्न सक्ने व्यक्तिलाई छान्ने अधिकार नागरिकलाई भएकाले आफ्नो विवेक प्रयोग गर्न उनले मतदातालाई सुझाव दिए। मोदी गाउँपालिका–३ देउरालीमा निर्मित स्वास्थ्य चौकी र हिमालय माविको नवनिर्मित भवन उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले विगतको कामको मूल्याङ्कन गरेर प्रतिनिधि छनौट गर्नुपर्नेमा जोड दिए। 

विकास निर्माणका काममा सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गर्दै उनले विकास निर्माणमा राजनीति गर्न नहुने बताए। जनप्रतिनिधिले समग्र जिल्लाको विकासमा केन्द्रित भएर काम गर्नुपर्नेमा अध्यक्ष तिमिल्सिनाले जोड दिए। कार्यक्रममा सांसद पदम गिरीले समेत आफ्नो धारणा राखेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×