काठमाडौँ - चलचित्र निर्माता संघमा कलाकार तथा निर्माता द्वय दीपकराज गिरी र रवीन्द्र सिँह बानिया मनोनीत भएका छन्।
मंगलबार बसेको संघको बैठकले गिरी र बानियालाई सदस्यमा मनोनीत गरेको हो।
अझै केही सदस्य मनोनीत गरेर संघको कार्यसमितिलाई पूर्णता दिने तयारी भइरहेको संघका उपाध्यक्ष दीपेन्द्र के खनालले जानकारी दिएका छन्। केही समय अगाडि संघमा नवल खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो।