काठमाडौँ - चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर सचिनको भूमिका निभाएका ऋषिकेश पाण्डेसँग मुम्बईमा चोरी भएको छ। पाण्डे आफ्नो परिवारसँग बसमा घुम्न गएका थिए। सोही क्रममा कसैले उनको झोलाबाट नगद र कागजपत्र चोरेको थियो। यो घटना परिवारसँग ‘एलिफेन्टा केभ’ घुम्न गएका बेला भएको अभिनेताले बताएका छन्।
यसबारे कुरा गर्दै ऋषिकेशले भने, ‘हामी साँझ ६ः३० बजे एसी बसमा बसेका थियौं, बसबाट ओर्लिनेबित्तिकै मैले आफ्नो झोला चेक गरेँ, त्यसपछि मेरो पैसा, क्रेडिट कार्ड, आधार कार्ड, प्यान कार्ड र कारका कागजातहरू छैनन्। मैले कोलाबा र मलाड पुलिस स्टेसनहरूमा घटनाको रिपोर्ट गरेको छु।’
अभिनेताले थप भने, ‘मैले सीआईडीमा इन्स्पेक्टरको भूमिका निर्वाह गरेको थिएँ। वास्तविक जीवनमा पनि मानिसहरु मसँग उहाँहरुको समस्या लिएर आउनुहुन्थ्यो र म उहाँलाई सहयोग गर्थें। अहिले म पनि लुटिएको छु। मलाई आशा छ कि प्रहरी विभागले यस घटनाको राम्रोसँग अनुसन्धान गर्नेछ।’