काठमाडौँ । सर्लाहीको इश्वरपुर नगरपालिकास्थित बयलवासमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी नै छ।
प्रहरीको भ्यानले ठक्कर दिँदा व्यापारी रामकुमार महतोको मृत्यु भएपछि यही पुस १३ गतेदेखि नै सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो। मृतकका परिवारलाई राहतस्वरूप रु. १० लाख उपलब्ध गराउनेलगायत छ बुँदे सहमति भए पनि जिल्ला प्रशासन कार्यालयले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो।शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। जिप्रकाले बिहीबार बेलुकीदेखि लागू हुने गरी आज ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ उनले बताए। इश्वरपुर घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको उनले बताए।
प्रदेश २ प्रहरी कार्यालय दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिइएको छ।