काठमाडौँ। युरोपा कन्फरेन्स लिग अनतर्गत गएराति भएको खेलमा स्लोभानियाको मुरा एफसीले टोटेनहमलाई पराजित गरेको छ। स्लोभानियाको मुरा एफसीले २-१ गोल अन्तरले खेल आफ्नो पक्षमा पारेको हो। जसमा मुराका लागि खेलको ११ औं मिनेटमा टोमी होर्भाटले एक गोल गरे भने अन्तिम समयमा अमादेज मारोसाले थप एक गोल गर्दै जित आफ्नो पोल्टामा पारे। खेलको ३१ औं मिनेटमा १० खेलाडीमा सिमित भएको टोटेनहमलाई ७२ औँ मिनेटमा ह्यारी केनले गरेको गोलले केहि समय बराबरीको अंक दिलाएको थियो। मुरा ३ अंकका साथ चौथो स्थानमा रहेको छ।