काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेद भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज भृकुटीमण्डपमा जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदुरको लामो सङ्घर्षपछि मे दिवस मनाउन थालिएको उल्लेख गरे। पूर्वप्रधानमन्त्री ओलीले विभेद र अत्याचार भएपछि मजदुरहरु एकताबद्ध भएर आन्दोलन सुरु गरेको बताउनुभयो । पुराना र नयाँ सहर श्रमिकको मिहिनेतबाट नै बनेको उन्को भनाइ थियो।
“मजदुरकै प्रयासका कारण सहर अहिलेको अवस्थामा आएका हुन्”, अध्यक्ष ओलीले भने। विगतदेखि नै श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच मालिकको पाइएको उहाँले बताउनुभयो । सामाजिक न्याय र समानताको नेतृत्वको अगुवाइ एमालेले गर्ने अध्यक्ष ओलीले बताए। शारीरिक अशक्तलाई सबल र सक्षम बनाउन तथा उनीहरुलाई सम्मानजनक रुपमा बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको उन्को धारणा थियो।
काठमाडौँ महानगर प्रमुखका उम्मेदवार केशव स्थापितले आफु प्रमुख हुँदा आधुनिक काठमाडौँ बनाउने, सडक चौडा गर्ने, माइतीघर मण्डला बनाउनेलगायत काम गरेको अध्यक्ष ओलीले बताए।