थप ७७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ९८१ जनाको परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार सो अवधिमा १८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको मन्त्रालयले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×