फिल्म सुटिङका लागि अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा जाँदै टम क्रुज

काठमाडौँ - हलिउड स्टुडियो युनिभर्सलकी बोस डोना ल्यानग्ले अभिनेता टम क्रुजसहितको क्रिउलाई अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रमा पठाउने अन्तिम तयारीमा छिन्।

हलिउडकी शक्तिशालीमध्ये मानिने उनले यसैसाता बीबीसी इन्टरटेनमेन्टसँग लामो कुरा गर्दै अन्तरीक्षमा फिल्म छायांकन गर्ने तयारीबारे प्रकाश पारेकी छिन्। नासासँग मिलेर स्पेसमा फिल्म सुटिङ गर्ने खुलासा पहिल्यै भएपनि अब रकेटमार्फत त्यसतर्फ जाने समय लामो छैन। एलन मस्कको स्पेसएक्स कम्पनीको रकेटमार्फत त्यसतर्फ जाने अन्तिम तयारी भैरहेको छ।

अन्तरीक्षमा फिल्म सुटिङ भए अभिनेता टम क्रुज अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रभन्दा बाहिर स्पेसवाक गर्ने पहिलो सर्वसाधारण (अन्तरीक्षयात्रीबाहेक) बन्नेछन्। ६० वर्षिय अभिनेताले अन्तरीक्षमा स्टन्ट गर्ने पहिलो सौभाग्य पाउनेछन्। यसबारे निर्मात्री डोना भन्छिन्, ‘मलाई आशा छ टम क्रुज अन्तरीक्ष स्टेसनबाहिर पैदल यात्रा गर्ने पहिलो नागरिक बन्नेछन्।

उनले त्यहाँ आफूले मात्र पृथ्वीलाई बचाउन सक्ने एकमात्र व्यक्तिको रुपमा पाउनेछन्।’ सन् २०२० फिल्मबारे घोषणा गर्दै नासाका जिम ब्राडन्स्टाइनले भनेका थिए, ‘टमसँग स्पेस स्टेसनमा सहकार्य गर्नको लागि नासा उत्साहित छ।’

कोरोना महामारीको समयदेखि नै टम क्रुज र निर्मात्री डोनाले जुम मिटिङमार्फत स्क्रिप्ट लेखिरहेका थिए। फिल्मको कथासारबारे डोनाले भनिन्, ‘वास्तवमा कथा पृथ्वीबाट सुरु हुन्छ र ऊ पृथ्वीलाई बचाउन अन्तरीक्षमा जान आवश्यक छ।’

सन् २०२२/२०२३ को लागि हलिउडले घोषणा गरेका ४४ फिल्ममध्ये टम क्रुजको फिल्म पनि एक हो। यतिबेलाका नासाका अन्तरीक्ष यात्री भिक्टर ग्लोबरले अभिनेता क्रुजलाई अन्तरीक्षमा सुटिङ गर्दाको अभ्यास र कठिनाइबारे सिकाइरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×