फाल्गुन १९मा गजलकार प्रदीप रोदन र गायक थानेश्वर गौतमलाई कपिलवस्तुमा सुन्न पाइने

काठमाडौँ - यही फाल्गुन १९ गते शुक्रबार कपिलवस्तुको बिराट होटलमा गजलकार प्रदीप रोदनका गजलहरु सुन्न पाइने भएको छ। छमछमी इन्टरटेन्मेन्ट, कपिलवस्तुले आयोजना गरेको गजल सन्ध्या एवम् साँस्कृतिक कार्यक्रममा उनले गजल वाचन गर्ने भएका हुन्। यसै गरी उनका केही गजलहरु संगीतवद्ध गरी गायक थानेश्वर गौतमले गायन गर्ने छन्।

छमछमी इन्टरटेन्मेन्टको आयोजना र इन्सेप्सन एजुकेशनल फाउण्डेशनको सहआयोजना रहेको यस कार्यक्रम साँझ ५ बजेदेखि होटल बिराटमा सुरु हुनेछ। कार्यक्रममा डान्सर बबिता धिताल र बिपना परियारको नृत्य पनि देख्न सकिने छ भने गायक थानेश्वर गौतम र एन्जिला रेग्मीको सुमधुर आवाज पनि सुन्न पाइनेछ।

कार्यक्रमलाई दिपक के.सी.ले उद्घोषण गर्नेछन्। कला, साहित्यको गुञ्जन गजल सन्ध्या एवम् साँस्कृतिक कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा सहभागी हुन आयोजकले सम्पूर्ण कला तथा साहित्यप्रेमीलाई उपस्थित हुन अनुरोध गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×