‘प्रसाद २’मा लफडाः सुटिङ नै नगरी फर्किए कलाकार

काठमाडौँ - छायांकनका लागि काठमाडौंबाट कास्की पुगेको चलचित्र ‘प्रसाद २’ टिम त्यतिकै फर्किएको छ। छायांकन सेटमा बुधबार निर्देशक र कलाकारबीच बहसक्रममा विवाद बढेपछि अभिनेता विपिन कार्की छायांकन छाडेर काठमाडौं फर्किएको निर्माता सुवास थापाले बताएका छन्। उनका अनुसार ‘विवादलाई रचनात्मक बहसका रूपमा लिइएको’ छ।

अभिनेता कार्कीले ‘आमाको स्वास्थ्य अवस्था ठीक नभएको’ भन्दै सुटिङ छाडेर बुधबार काठमाडौं फर्किएको बताएका छन्।

अभिनेत्री नम्रता श्रेष्ठ पनि ‘साथी तथा कलाकार रेवनदाश श्रेष्ठको विवाह’ भन्दै काठमाडौं फर्किएपछि आफूहरू पनि बिहीबार कास्कीबाट सुटिङ युनिटसहित काठमाडौं फर्किएको निर्माता थापाले बताएका हुन्।

चलचित्रमा सुरुमा सौरभ चौधरी निर्देशक थिए। अघिल्लो शृंखला ‘प्रसाद’ निर्देशन दिनेश राउतले गरेका थिए। सौरभलाई हटाएर निर्माण पक्षले यसको निर्देशकमा थापालाई राखेको हो। निर्देशक परिवर्तन भएर छायांकनमा गएको फिल्मको छायांकन सुरु नगरी फर्कनुको कारण अभिनेता कार्कीले ‘आर्थिक समस्या’ औंल्याएका छन्।

‘मुख्यः कुरा पारिश्रमिकको हो। सुरुदेखि काम गर्दै आउँदा त्यो लेभलको ट्रस्ट पनि भएन कहिल्यै पनि बोलेको कुरा पूरा हुनुपर्छ,’ काठमाडौं आएपछि उनले बिहीबार भनेका छन्, ‘पैसाकै लागिभन्दा पनि काम गर्नुको औचित्य कारण त्यो पनि हो।’ घरपरिवार छाडेर यहाँ आएर दिनरात बस्नुपर्छ।’

यस विषयमा प्रश्न राख्दा निर्माता सुवास थापाले ‘आफू पारिश्रमिक दिन तयार भएको’ जिकिर गरे। काम हुँदै गर्दा पारिश्रमिक दिँदै जाने कुरा भएको उनको कथन छ। आफ्नो पूरा युनिट काठमाडौंबाट कास्की पुगेर छायांकन नै नगरी काठमाडौं फर्कंदा ठूलो घाटा भएको उनी बताउछन्।

४५ दिनका लागि छायांकन समय छुट्याएर फिल्म युनिट सुटिङका लागि चार दिनअघि कास्की ल्वाङगाउँ पुगेको थियो। ‘प्रसाद २’ छायांकन बुधबारबाट सुरु हुनुपर्ने थियो। ‘स्क्रिप्ट’मै अभिनेता कार्कीलाई चित्त नबुझेको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×