जोटाले गरे लिभरपुलसँग सम्झौता नविकरण

काठमाडौँ - पोर्चुगिज फरवार्ड डिएगो जोटाले इंग्लिस क्लब लिभरपुलमा सम्झौता नविकरण गरेका छन्। जोटाले सम्झौता अवधि बाँकी रहँदै थप ५ वर्षको सम्झौता नविकरण गरेका हुन्।

जोटाको सम्झौता सन् २०२५ सम्म रहेको थियो। अब २५ वर्षीय जोटा सन् २०२७ को अन्त्यसम्म एनफिल्डमा रहने छन्। जोटा २०२० मा इंग्लिस क्लब वल्भ्सबाट ४१ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध भएका थिए।

लिभरपुलमा २ सिजन बिताउँदा जोटाले ८५ खेलमा ३४ गोल गरेका छन्। उनले गत सिजन ५५ खेलमा २१ गेल गरेका थिए। लिभरपुलले गत सिजन एफए कप र इएफएल कप जित्दा तथा प्रिमियर लिग र च्याम्पियन्स लिगमा उपवविजेता रहँदा जोटा टोलीका सदस्य रहेका थिए।

‘यो स्पष्ट रूपमा क्लबको दृष्टिकोणबाट एक खेलाडीको रूपमा आफूमाथिको विश्वासको प्रमाण हो।’ जोटाले भने, ‘२ वर्षअघि आएकोले मैले आफूलाई यस टोलीमा महत्वपूर्ण खेलाडीको रूपमा स्थापित गरें, म सुरुदेखि नै यही चाहन्छु।’

ह्यामस्ट्रिङ चोटका कारण प्रि-सिजन गुमाएका जोटा अझै केही साता मैदान बाहिर रहने क्लबले जनाएको छ। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले विंगमा खेल्न सक्ने फरवार्डको रुपमा जोटाले हामीलाई धेरै विकल्पहरू दिएको र क्लबमा आएदेखि उसले धेरै सुधार गरेको बताएका छन्।

गत महिना, साडियो मानेले क्लब छाड्दै जर्मन क्लब बायर्न म्युनिखसँग सम्झौता गरेपछि उनको सहयात्री मोहम्मद सलाहले नयाँ ३ वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्। पोर्चुगलका लागि २७ क्याप जितेका जोटाले ९ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×