निर्माण सामग्री राख्ने थलो बन्दै सार्वजनिक जग्गा

काठमाडौँ । कैलालीको टीकापुर नगरपालिका निर्माण सामग्री राख्ने थलो बन्दै सार्वजनिक जग्गा बन्न थालेको छ। 

कैलालीको टीकापुर नगरपालिका अन्य स्थानीय तहको भन्दा धेरै सार्वजनिक जग्गा भएको पालिका हो। एक समुदाय एक खुला मैदान छ भने सडकको जग्गा पनि निकै फराकिलो छ। नेपालकै पुरानो योजनको सहरको रुपमा विकास भएको टीकापुर क्षेत्रमा खुला स्पेसको कमी छैन। तर, विडम्बना ती अधिकांश खुला मैदान र सडकका किनार वर्षौंदेखि अतिक्रमणमा छन्।

विशेष गरी, ठेकेदारका लागि ती खुला मैदान र सडकका किनार निकै उपयोगी बनेका छन्। बजार क्षेत्र मात्रै नभई ग्रामीण क्षेत्रका सार्वजनिक जग्गामा ठेकेदारले हैकम जमाउँदा पनि टीकापुर नगरपालिकाले कुनै प्रतिक्रिया दिन सकेको छैन। नगरपालिकाले लगानी गरेर निर्माण गरेको सिटी बसपार्क नगरपालिकाका लागि प्रयोगविहीन भए पनि कुनै ठेकेदारका लागि निकै उपयोगी बनेको छ। सिटी  बसपार्कमा कतै बालुवाको थुप्रो देख्न सकिन्छ भने कतै ढुङ्गाको। राज्यको लाखौँ लगानी रहेका संरचना अलपत्र अवस्थामा रहँदा त्यसको फाइदा व्यक्तिले लिने गरेको स्थानीय बताउँछन्। 

सार्वजनिक जग्गा यसरी अतिक्रमणमा पार्नुभन्दा नगरपालिकाले निश्चित क्षेत्रमा निर्माण सामग्रीको भण्डारणका लागि ठेक्का प्रक्रियाबाट अगाडि बढेको भए नगरपालिकाको आन्तरिक आयको स्रोत थपिने उनीहरुको भनाइ रहेको छ। सिटी बसपार्क सञ्चालनमा आउने भएपछि ठूलो आशा बोकेका व्यापारी बसपार्क सञ्चालन नहुँदा व्यवसायबाट नै विस्थापित हुने अवस्था आएको बताउँछन्।

सोही क्षेत्रमा व्यवसाय गर्दै आउनुभएका करन पुरिले बसपार्क सञ्चालनमा आउला भनेरै व्यवसाय सुरु गरेको बताउँदै अहिले बसपार्क सञ्चालनमा नआउँदा भाडा तिर्न पनि मुस्किल हुने गरेको बताए। “बसपार्कलाई देखाएर घरधनीले भाडा महँगो बनाएका छन् । अहिले बसपार्क आएको छैन।” उनले भने, “बसपार्क निर्माण भएको क्षेत्रमा बालुवाको थुप्रो छ। हामी व्यापारी बसपार्क आउला र व्यापार गरौँला भन्दै पर्खेको पनि वर्ष पूरा हुँदा पनि बसपार्क सार्ने कुरामा कसैको ध्यान पुगेको छैन।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×