काठमाडौँ - रियाल मड्रिडका मिडफिल्डर इस्कोले समरमा क्लब छोड्ने घोषणा गरेका छन्। सन् २०१३ मा मालागाबाट मड्रिडमा अनुबन्धित भएका इस्कोले क्लबबाट दुई सय ५० खेल खेलिसकेका छन्।
स्पेनिस मिडफिल्डर इस्कोले रियाल मड्रिडबाट पाँच च्याम्पियन्स लिग र तीन ला लिगाको उपाधि समेत जितेका छन्। यद्यपि, पछिल्लो केही सिजनयता भने इस्को रियालको धेरैजसो खेलमा बेन्चमा सीमित बन्दै आएका थिए।
‘म मेरा सम्पूर्ण सहकर्मी, प्रशिक्षकहरु, स्टाफ, र सम्पूर्ण व्यक्तिहरुमा धन्यवाद व्यक्त गर्न चाहन्छु, जो सान्टियागो बर्नबेउसँग जोडिन्छन्। गूडबाई हाला मड्रिक', इस्कोले भनेका छन्।