एनआरटी र थाई क्लब कासेम बन्डित भिड्दै

काठमाडौँ - मलेसियामा २ मैत्रीपूर्ण खेलसँगै थाइल्यान्ड पुगेको न्युरोड टिम एनआरटीले बिहीबार स्थानीय कासेम बन्डित युनिभर्सिटीसँग खेल्दैछ।

खेल नेपाली समयअनुसार अपरान्ह पौने ३ बजेबमट सुरु हुनेछ। गत संस्करणको सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गरेको एनआरटीले लिग अघि तयारी गर्न मलेसिया र थाइल्यान्ड पुगेको हो।

यसपछि एनआरटीले थाइल्यान्डमा २ खेल खेल्नेछ। यसअघि मलेसियामा भएको टीवाईटी कपमा सहभागी भएको एनआरटी दुवै खेलमा हार व्यहोरेको थियो।

पहिलो खेल ५-१ ले हारेको एनआरटी दोस्रो खेलमा ५-० ले हार व्यहोरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×