पर्वतमा ‘द क्लिफ’ सञ्चालन

काठमाडौँ - पर्वतको सदरमुकाम कुश्माबजारमा ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ।

कालीगण्डकी नदीमाथि रहेको सो क्याफे ‘द क्लिफ’ नामक बञ्जीजम्प पुलका सञ्चालकले स्थापना गरेका हुन्। यस प्रकारको क्याफे नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको दाबी गरिएको छ। कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याइएको जनाएको छ।

‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’का लागि राखिने तारजस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भिरमा तार टाँगिएको छ। ‘क्याफे’ मा बस्नका लागि फलाममा काठका फ्ल्याक जडान गरेर बेञ्च र टेबल निर्माण गरिएको छ। त्यही टेबललाई घिर्नीका माध्यमबाट तारमा झुन्ड्याइएको छ, घिर्नीकै माध्यमबाट डरलाग्दो तारे भिरका माथि तारमा ‘क्याफे’ विस्तारै हिँडिरहेको हुन्छ।

त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरु गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन्। “बन्जीसहितका अन्य साहसिक खेलका लागि पर्वतको द क्लिफ पर्यायवाची भइसकेको छ, हामी सकेसम्मका फरक तर एडभेन्चर खालका खेल तथा पूर्वाधारको निर्माणमा जुटिरहेका छौँ, स्काई क्याफे पनि यही अवधारणामा तयार भएको हो”, कार्कीले भने, “तारमा झुन्डिएर हिँडिरहेको क्याफेमा बसेर खाजा खानुको मजा बेग्लै छ। 

कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा रहेको बन्जी बराबरकै उचाइमा ‘स्काई क्याफे’ सञ्चालन गरिएको ‘द क्लिफ’ का अर्का सञ्चालक युवराज जोशीले बताए। अहिले सुरुआती चरण भएको र प्रचार नगरिएकै अवस्थामा समेत दैनिक औसतमा ५० जनाले ‘स्काई क्याफे’ मा बसेर जुस र कफी लिने गरेको उनको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×