‘छक्कापञ्जा ४’को दोस्रो चरणको छायांकन आइतबारदेखि

काठमाडौँ - प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’को दोस्रो चरणको छायांकन आगामी आइतबारदेखि सुरु हुने भएको छ। निर्माता तथा अभिनेता दीपकराज गिरीले काठमाडौँ र उपत्यका बाहिरका केही जिल्लामा बाँकी छायांकन हुने जनाएका छन्।

चिसोयाममा छायांकन गर्नुपर्ने भएकाले निर्माताले दोस्रो चरणको छायांकनको योजना बनाएका थिए। ‘चिसोमै सुटिङ गर्नुपर्ने थियो र आइतबारदेखि हामी फ्लोरमा जान्छौं,’ उनले भने।

मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि पहिलो चरणको छायांकन सकिएको थियो। निर्माता तथा अभिनेता गिरीले छक्कापञ्जा ४ लाई राजनीतिक कथावस्तुमा आधारित ‘पोल्टिकल ड्रामा’ भएको बताएका छन्। उनले भने, ‘सतहमा हास्यव्यंग्यको कथावस्तु भए पनि केन्द्रमा राजनीतिक कथावस्तु नै छ। समसामयिक राजनीतिक कथावस्तुमा फिल्म आधारित हुनेछ।’

फिल्मको पटकथा पनि दीपकले लेखेका हुन्। छक्कापञ्जाको चौथो श्रृंखलालाई ‘जेरी’ फेम्ड हेमराज बिसीले निर्देशन गरिरहेका छन्। निर्मातासँगको असमझदारीले निर्देशक बिसीविनै फिल्म छायांकन हुन लागेको भन्ने हल्लाको गिरीले खण्डन गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×