चिसो मान्छे नेपाली चलचित्र उद्योगकै विशेष सिनेमा होः सुरक्षा पन्त

काठमाडौँ - अभिनेत्री सुरक्षा पन्तले ‘चिसो मान्छे’ निर्माणमा निर्देशक र निर्माताले ठूलो रिस्क लिएको बताएकी छिन्। ‘चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्रस्तुतिले सवल चलचित्र बनेको उनले बताएकी छिन्। ‘चिसो मान्छे’ नेपाली चलचित्र उद्योगकै विशेष सिनेमा रहेको सुरक्षाको भनाइ छ। 

'यस्तो कथा बुनेर आफूलाई जुन दर्जाको निर्देशक भनेर प्रष्ट पार्नुभएको छ दीपेन्द्र के खानलले त्यो कसैले टिकाटिप्पणी गर्दैमा हराउनेवाला छैन,' सुरक्षा पन्तले फेसबुकमा लेखेकी छन्, 'अर्पण थापा र स्वस्तिमा खड्कालाई छड्के सलाम दिन चाहन्छु, यो सुनसान कला यात्रामा यति धेरै मिठास भर्नु भएकोमा।' 

उनी अगाडि लेख्छिन्, 'महामारीमा हामीले चिसो मान्छेलाई नजिक राख्न सकेनौं। मैले पनि सिनेमा हेरुन्जेल चिसो मान्छेलाई बेवास्ता नै गरें। कथा त्यही बेवास्ताको हो।'

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘चिसो मान्छे’मा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा रहेका छन्। गत शुक्रबारबाट ‘चिसो मान्छे’ प्रदर्शनरत छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×