विश्व तेक्वान्दो कल्चर एक्स्पोमा दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण

काठमाडौँ - विश्व तेक्वान्दो कल्चर एक्स्पोमा दिपेन्द्रबहादुर नेपाली र प्रतिज्ञा भण्डारीले स्वर्ण जितेका छन्।

तेक्वान्दो कल्चरल एक्सपोको १५ औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्। दिपेन्द्रले पुम्से बिधामा पनि स्वर्ण जितेका छन्।

त्यस्तै, प्रतिज्ञा भण्डारीले दोहोरो स्वर्ण जितेकी छिन्। उनले ७० केजीमाथि फाइनलमा इजिप्टका खेलाडीलाई हराउदै स्वर्ण हात पारेकी हुन्। प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गरेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×