‘दुई नम्बरी’ चलचित्रका निर्मातालाई विकास बोर्डले सोध्यो स्पष्टीकरण

काठमाडौँ - अघिल्लो शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘दुई नम्बरी’ लाई चलचित्र विकास बोर्डले एउटा पत्र पठाउँदै स्पष्टिकरण सोधेको छ।

बोर्डका सदस्य-सचिव महेश पराजुलीद्वारा ‘अत्यन्त जरुरी’ भन्दै दुई नम्बरी फिल्मको निर्माण संस्था रेड बर्ड प्रोडक्सन प्रालि, बालाजुलाई लेखिएको पत्रमा आज शुक्रवारदेखि फिल्मले आफ्नो केही समय घटाएको तथा ध्वनीमा परिवर्तन गरेको विषयमा स्पष्ट पार्न आग्रह गरेको छ।

पत्रमा भनिएको छः ‘केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भएको नेपाली कथानक चलचित्र ‘२ नम्बरी’ को निर्माण पक्षले करिव ५ मिनेटभन्दा बढी काँटछाँट गरेको, उक्त सम्पादित फिल्म केही समय घटाएको र ध्वनिमा पनि परिवर्तन गरिएको भनि निर्माता किरण नेपालीको भनाइ राखि प्रकाशन भएको समाचारका विषयमा केन्द्रिय चलचित्र जाँच समितिबाट जाँच पास भएको सो चलचित्रलाई काँटछाँट गरिएको-सम्पादन गरिएको हो वा होइन ? सो सम्बन्धमा दुई दिनभित्र स्पष्ट गरी जानकारी गराउन अनुरोध छ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×