भारतसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ल्याण्डको जित

काठमाडौँ - भारतसँगको दोस्रो एक दिवसीय क्रिकेट इङ्ल्याण्डले १ सय रनले जितेको छ। लर्ड्समा घरेलु टोली इङ्ल्याण्डले दिएको २४७ रनको लक्ष्य पछ्याएको भारत १४६ रनमा अलआउट भयो।

भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सर्वाधक समान २९/२९ रन बनाएका थिए। बलिङतर्फ इङ्ल्याण्डका रेस टोप्लीले ६ विकेट लिए। उनको यो करियरकै उत्कृष्ट रेकर्ड हो।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्याण्डले मोइन अलीको ४७ र डेविड विलीको ४१ रनको मद्दतमा २४६ रन बनायो। भारतका युजवेन्द्र चहालले ४ तथा जसप्रित बुम्राह र हार्दिक पाण्ड्याले २/२ विकेट गिराए।

जितसँगै ३ खेलको श्रृङ्खला १-१ को बराबरीमा पुगेको छ। यसअघि भएको टी-२० श्रृङ्खला भारतले २-१ ले जितेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×