काठमाडौँ - आईसीसी पुरुष विश्वकप लिग-टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो खेलमा घरेलु टोली विजयी भएको छ।
स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा आइतवार राति भएको खेलमा यूएई ८६ रनले पराजित भएको हो। घरेलु टोलीसहित अमेरिका तथा यूएई समावेश लिग-टूको यस सिरिजमा स्कटल्याण्डको यो तेस्रो जीत हो।
घरेलु टोलीले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको यूएई ४१ ओभरमा अलआउट हुदै १ सय ६८ रन बनाएको थियो।
सिरिज अन्तर्गतको चौथो खेल अमेरिका र यूएईबीच सोमवार हुनेछ।