काठमाडौँ - साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेकाे छ। मंगलवार दशरथ रङ्गशालामा भएकाे उद्घाटन खेलमा भुटानलाई ४-० ले हराउँदै नेपालले प्रतियाेगितामा सुखद सुरुवात गरेकाे हाे।
नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले २-२ गाेल गरेका थिए। सावित्राले खेलकाे १२ औँ र ६८ औँ मिनेटमा गाेल गरिन् भने अनिताले खेलकाे ५३ औँ र ८५ औँ मिनेटमा गाेल गरेकी थिइन्।
याे जितसँगै समूह 'ए' रहेकाे नेपालले ३ अंक जोडेको छ।