काठमाडौँ - इंग्लिस क्लब चेल्सीका जर्मन फरवार्ड टिमो वेर्नेर आरबी लाइप्जिग फर्कने भएका छन्। उनी २ सिजन चेल्सीमा बिताएर जर्मन क्लब लाइप्जिग फर्कन लागेका हुन्।
उनको अनुबन्धका लागि दुवै टोलीबीच सहमती भएको बताइएको छ। चेल्सीमा नियमित स्थान बनाउन नसकेपछि उनले क्लब छाड्न लागेका हुन्।
वेर्नेर २०२० मा लाइप्जिगबाटै स्टामफोर्ड ब्रिज भित्रिएका थिए। चेल्सी आउनुअघि उनले जर्मन क्लबका लागि १५९ खेलमा ९५ गोल गर्नुका साथ ४० गोलका लागि अवसर सिर्जना गरेका थिए।
२६ वर्षीय फरवार्ड वेर्नेरले ५६ प्रिमियर लिग खेलमा १० गोल गरेका छन्।