काठमाडौँ - एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (मंगलबार) समूह चरण ‘ए’ र ‘बी’ का अन्तिम राउन्डमा प्रतिस्पर्धा हुँदा इक्वेडर र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ।
यो खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा राति ८ः४५ बजेपछि हुनेछ। यस समूहबाट आयोजक कतार लगातार २ खेल हार्दै बाहिरिसकेको छ। बाँकी ३ टिम नेदरल्यान्ड्स, इक्वेडर र सेनेगलमध्ये २ टिम नकआउट चरणमा पुग्नेछन्।
नकआउट चरणमा पुग्न यि इक्वेडरलाई बराबरी पर्याप्त रहँदा सेनेगललाई जितको खाँचो छ। सेनेगलका लागि अन्तिम १६ मा पुग्न इक्वेडरलाई हराउनै पर्नेछ। त्यसैले सेनेगल आफ्नो सम्पूर्ण शक्ति इक्वेडरविरुद्धको खेलमा पस्कनेछ।
सेनेगलविरुद्ध स्पष्ट नतिजा निकाल्दै इक्वेडर समूहमा अपराजित रहन चहान्छ। टोलीसँग लयमा रहेका अनुभवी तथा भेट्रान फरवार्ड एनर भ्यालेन्सियाको साथ रहेको छ। उनले यस विश्वकपमा २ खेलमा ३ गोल गरिसकेका छन्।
यस्तै टोलीसँग हर्नान गालिन्डेज, पिएरो हिनकापी, रोबर्ट अर्बोलेडा, पर्भिस एस्टुपिनान, एन्जेलो प्रेसियाडो, ज्याक्सन पोरोजो, फेलिक्स टोरेस, कार्लोस ग्रुजो, जोस सिफुएन्ट, मोइसेस काइसेडो, एन्जल मेना, जेरेमी सार्मिएन्टो, एर्टन प्रेसियाडो, गोन्जालो प्लाटा, केभिन रोड्रिग्वेज र माइकल एस्ट्राडा रहेका छन्।
यता, सेनेगल पनि इक्वेडरलाई हराउँदै समूह चरण पार गर्ने लक्ष्यमा हुनेछ। टोलीसँग एडुआर्ड मेन्डी, बौना सार, सालिउ सीस, कालिडु कौलिबली, पापे अबोउ सिसे, अब्दोउ डियालो, इब्राहिमा एम्बाय, पापे माटर सार, पापे गेये, नाम्प्लेस मेन्डी, इड्रीसा गाना गेये. मुस्तफा नामे, लोउम एनडीआए, जोसेफ लोपी, इस्माइला सार, बाम्बा डीएङ, केइटा बाल्डे, हबिब डियालो, बोउलाए डिया, फामारा डीएधिउ र मामे बाबे थिआम रहेका छन्।
यि २ टोली दोस्रोपटक खेल्न लागेको हो। सन् २००२ मा भएको मैत्रीपूर्ण खेलमा सेनेगल १-० ले विजयी भएको थियो। यो समूहमा नेदरल्यान्ड्स र इक्वेडरको समान ४ अंक रहेको छ। सेनेगलको ३ तथा कतार अंकविहीन रहेको छ।