भारत। बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमीषा पटेलले आफ्नो आउँदो चलचित्र 'गदर २'को शूटिंग सुरु गरेका छन्। यो कुराको जानकारी अमीषाले सामाजिक सञ्जालको मार्फत दिएकी हुन्। सञ्जालमा अमीषाले शूटिंग सेटको एक तस्विर शेयर गरेकी छिन्। जसमा 'गदर'को पहिलो सिक्वल झैँ अमिषा र सनी तारा सिंह र सकीना रूपमा देखिएका छन्। त्यसको क्याप्सनमा उनले लेखेकी छिन् "गदर २ को मुहूर्त सट।"अनिल शर्माको निर्देशनमा बनिरहेको चलचित्रको शूटिंग अहिले हिमाचल प्रदेशमा भइरहेको छ। चलचित्र २०२२मा प्रदर्शनमा आउनेछ।
