कांग्रेसमा रुपान्तरणको सुरुआत : महामन्त्री शर्मा

इलाम। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रुपान्तरणको सुरुआत भएको बताएका छ्न्। आज नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाइ कार्यक्रममा बोल्दै उनले कांग्रेसमा युवाको आगमन भएसँगै रुपान्तरणको सुरुआत भएको बताएका हुन्। 

महामन्त्री शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताए। उनले यो आन्तरिक अभ्यास भएकाले हार र जित नभएको बताए।
    
यस्तै महामन्त्री शर्माले अब कांग्रेस रुपान्तरित भएर जाने र आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुन समेत कार्यकर्तालाई आग्रह गरे। उनले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताउँदै निष्ठा, जिम्मेवारी, विनम्रता र संयमताका साथ काम गर्न सुझाव दिए। उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बाउन सक्ने तागतको रुपमा बदल्न नेतृत्व लागेको जिल्ला र स्थानीय तहबाट कार्यकर्ताले यत्तिकै साथ दिनुपर्ने बताए । 

नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले अबको दिन कांग्रेसलाई इलाममा पहिलो बनाउन सबैको साथ रहेको बताउँदै सबैले यो गुट त्यो गुट नभनी एक ढिक्का भएर लाग्नुपर्ने बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×