४० हजार मत गन्दा सुहाङ ५,६६२ मतान्तरले अगाडि

इलाम । इलाम–२ मा ४० हजार बढी मत गनिसक्दा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार २१९ मतका साथ अग्रस्थान कायमै राखेका छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्काको १० हजार ५५७ भोट छ । दुई जनाबीचको मतान्तर ५, ६६२ मत छ ।

पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिम ८,८२५ मत ल्याएर तेस्रो स्थानमा रहँदा रास्वपाका मिलन लिम्बू २,६४५ भोटका साथ चौथोमा छन् । नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ३२२ भोट प्राप्त गरेका छन् । त स्थानीय तहमा जितेका वडा तथा पालिकामा कांग्रेसका उम्मेदवारले पाए अनुसारको मत खड्काले बचाउन सकेनन् । गाउँपालिका अध्यक्ष र अधिकांश वडाध्यक्ष जितेको स्थानमासमेत कांग्रेस तेस्रो स्थानमा पुगेको छ ।

गाउँपालिका अध्यक्ष र ६ मध्ये ५ वटा वडाध्यक्ष जितेको चुलाचुली गाउँपालिकामा कांग्रेस तेस्रो स्थानमा खुम्चियो । एमालेले चुलाचुलीमा कुल मत ४ हजार ७४ पाउँदा कांग्रेसले २ दुई हजार ५८६ मत पायो । स्वतन्त्र उम्मेदवारले कांग्रेसलाई पछि पार्दै यस पालिकामा ३ हजार २९९ मत ल्याए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×