नयाँ बानेश्वरबाट माइतीघर पुगेर आमसभा गर्दै बारका वकिल विरुद्ध उत्रिएका प्रदर्शनकारीहरु (फोटो फिचर)

काठमाडौँ । स्वतन्त्र कानुन व्यवसायी एवं आम सर्वसाधारणले विगत केहि साता देखि न्यायालयमा देखिएको गतिरोध तथा नेपाल बारको आन्दोलन विरुद्ध काउन्टर प्रोटेस्ट गरिरहेको छ । यसै क्रममा आज नयाँ बानेश्वरबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शन माइती घरमा पुगेर आम सभामा परिणत भएको छ। 

माइतीघर मण्डलामा पुगेर आमसभामा परिणत भएको उक्त विशाल जुलुसका सहभागी आम सर्वसाधारणलाई सम्बोधन गर्दै अधिवक्ता कृष्ण प्रसाईंले न्यायपालिकामा भइरहेको आन्दोलन अन्त्य नभए सम्म आफ्नो आन्दोलन पनि जारी रहने बताएका छन् ।  भोली पनि सबै जना नयाँ बानेश्वरमा भेला भइ विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताए । त्यसै गरि शुक्रबार तीनकुनेबाट हजारौंको संख्यामा विशाल मोटर साइकल र्‍याली गर्दै माइतीघर मण्डला हुँदै बानेश्वरमा आइ विरोध कार्यक्रम गर्ने अधिवक्ता प्रसाईंले जानकारी दिए ।

उनले यदि त्यसबेला सम्म पनि बारका वकिलहरुले अदालत सुचारु गर्न नदिए र न्यायाधीशहरुले जनताको मुद्दा नहेरेमा यस्ता न्यायाधीशहरुलाई आफुहरुले नमान्ने चेतावनी समेत दिएका छन् । ५० वर्षसम्म पार्टीका झोला बोकेकै कारण चुनिएका ती न्यायाधीशहरु गद्दार भएको आरोप समेत उनले लगाएका छन् । उनले आफूहरुले जिल्ला अदालत हुँदै उच्च अदालत, उच्च अदालत हुँदै सर्वोच्चमा प्रतिष्पर्धा गरेर चुनिएका न्यायाधीशलाई मात्र मान्ने बताएका छन् ।

त्यसै गरि उक्त माइती घर मण्डलामा पुगेर गरिएको आम समामा विभिन्न अधिवक्ताहरु तथा आम सर्वसाधारणहरुले पनि आफ्ना विचारहरु प्रस्तुत गरेका थिए । उनीहरुले बारका वकिलहरु विरुद्ध विभिन्न खालका नाराबाजीहरु समेत लगाए थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×