प्रिमियर लिगः घरेलु मैदानमा चेल्सीको पुनरागमन जित

काठमाडौँ - प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामाथि पुनरागमन जित निकालेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई २-१ गोल अन्तरले हराएको हो।

पहिलो हाफ गोल रहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा १ गोलको अग्रता उल्टाएर जित निकालेको हो। खेलको ६३ औं मिनेटमा मिखाइल एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए।

७६ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए। काइ हाभर्ट्जले खेलको ८८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए। जितसँगै चेल्सीले ६ खेलमा १० अंक जोडेर चेल्सी पाँचौं स्थानमा उक्लिएको छ। वेस्ट ह्याम ४ अंक जोडेर १७ औं स्थानमा ।हेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×