आईसीसी टी-२० विश्वकपः नेदरल्यान्ड्सले जिम्बावेलाई हरायाे

काठमाडौँ - आईसीसी टी-२० विश्व कप क्रिकेटमा नेदरल्यान्ड्सले जिम्बावेलाई हराएकाे छ। एडिलेडमा आज बुधवार भएकाे खेलमा नेदरल्यान्ड्सले जिम्बावेलाई ५ विकेटले हराउँदै प्रतियाेगितामा पहिलाे जित निकालेको हो। 

जिम्बावेले दिएकाे १ सय १८ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा ५ विकेट गुमाएर भेटायाे। उसका लागि म्याक्स ओडाउडले ५२ र टम कुपरले ३२ रन बनाएका थिए। बलिङतर्फ जिम्बावेका ब्लेसिङ मुजरबानी र रिचार्ड नगर्भाले २/२ विकेट लिएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे जिम्बावेले १९ ओभरमा २ बलमा अलआउट हुँदा एक सय १७ रन बनाएको थियो। उसका लागि सिकन्दर राजाले ४० र सेन विलियम्सले २८ रन बनाए। बलिङतर्फ नेदरल्यान्ड्सका भान मिकेरनले ३ विकेट लिएका थिए।

याे जितसँगै समूह '२' काे तालिकाकाे पुछारमा रहेकाे नेदरल्यान्ड्सकाे २ अंक भएकाे छ। जिम्बावे भने तीन अंकसहित चाैथाै स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×