काठमाडौँ- भारतीय अभिनेता सोनु सुदले एक जना नेपाली बालिकाको पढाइ खर्च उठाउने भएका छन्। उनले वीरगञ्जकी बालिका मुस्कान कर्णको पढाइ खर्च व्योहोर्ने भएका हुन्।
ट्विटरमा विद्यापति शंकर नामक एक प्रयोगकर्ताले बालिका मुस्कानलाई सहयोग गर्न सोनुलाई आग्रह गरेका थिए। सोनुले पढाइको खर्च उठाउने भएपछि मुस्कानले एक भिडिओ सेयर गर्दै धन्यवाद व्यक्त गरेकी छिन्।
उक्त भिडिओ सेयर गर्दै सोनुले ट्विटरमा लेखेका छन्, ‘यो सब तपाईको बुबाले गर्नु भएको हो। म त एक माध्यम मात्र हुँ।’
सोनुले यस अघि पनि महामारी समय समस्यामा परेका हजारौं कामदार, विद्यार्थी र किसानहरूलाई सहयोग गरेका थिए।