तमिलनाडुमा भीषण सडक दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं, पुस १० — भारतको तमिलनाडु राज्यमा भएको भीषण सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। बुधबार राति कुड्डालोर जिल्लाको एलुथुर गाउँ क्षेत्रमा पर्ने त्रिची–चेन्नई नेशनल हाईवेमा दुर्घटना भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार त्रिचीबाट चेन्नईतर्फ जाँदै गरेको सरकारी बसको अगाडिको टायर अचानक पड्किएपछि बस अनियन्त्रित भई दुईवटा कारसँग ठोक्किएको थियो। दुर्घटनामा घटनास्थलमै नौ जनाको ज्यान गएको जनाइएको छ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले दुर्घटनामा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई मुख्यमन्त्री सार्वजनिक राहत कोषबाट जनही तीन–तीन लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने घोषणा गरेका छन्। साथै, गम्भीर घाइतेलाई जनही एक–एक लाख रुपैयाँ सहयोग गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

यसैबीच, बुधबार राति नै भारतको कर्नाटक राज्यअन्तर्गत चित्रदुर्ग जिल्लामा भएको अर्को सडक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। ती घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

लगातार भएका यस्ता दुर्घटनाप्रति भारतका विभिन्न राज्यमा सडक सुरक्षालाई लिएर चिन्ता बढ्दै गएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×