काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितीको बैठक स्थगित भएको छ। ललितपुरस्थित एन्फा मुख्य कार्यलयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो।
दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए। एन्फा मुख्य कार्यलयमा बिहान ७ बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरी सुरु भएको थियो। पहिलोपटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको हो।
यसअघि गत सोमबारका लागि तय भएकोसो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो। निर्वाचनपछि भएको शपथग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचीत परेको नयाँ नेतृत्तवको दोस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।
बैठकका लागि विभिन्न एजेण्डा तय भएपनि छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ। प्रमुख कार्यकारी अधिकृत (सिइओ), ३ सह महासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल हुने बताइएको थियो।