काठमाडाैँ - नेपाली चलचित्र ‘फूलबारी’को टिजर सार्वजनिक गरिएको छ। २ मिनेटको टिजरमा चलचित्रका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ।
यो चलचित्रमा विपिन कार्की, दयाहाङ राई, अरुणा कार्की, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के मुख्य भूमिकामा रहेका छन्।
रामबाबु गुरुङको निर्देशनमा सामाजिक कथामा ‘फूलबारी’ निर्माण गरिएको हो। उपेन्द्र सुब्बाको लेखन, मनिष ढकालको निर्माण रहेको चलचित्रको कार्यकारी निर्मातामा मणिराम पोखरेल छन्।
चलचित्र फागुनको ५ गतेदेखि प्रदर्शनमा आउँदैछ।