ज्याकलिनलाई सोध्न प्रहरीले तयार पार्‍यो प्रश्नसूची

काठमाडौँ - सम्पत्ति शुद्धीकरण मामिलामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज फस्दै गएकी छिन्। सुकेश चन्द्रशेखरले जेलबाटै करिब २०० करोड रुपैयाँको चन्दा असुली गरेपछि ज्याकलिन पनि यो मामिलामा तानिएकी हुन्। प्रहरीले ज्याकलिनलाई सुकेशको प्रेमी भएको दाबी गर्दै आएको छ।

यही परिप्रेक्ष्यमा दिल्ली प्रहरीले ज्याकलिनका लागि लामो प्रश्नको सूची तयार पारेको छ। दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले बुधबार ज्याकलिनलाई २०० करोड असुली मामलामा सुकेशसँग जोडिएका विविध प्रश्न सोध्ने तयारी गरेको छ।

ज्याकलिनलाई ११ बजे मन्दिरमार्गस्थित ईओडब्ल्यू कार्यालयमा अनुसन्धानका लागि बोलाइएको छ। उनका अनुसार ज्याकलिनलाई प्रश्न सोध्न प्रहरी तयारी अवस्थामा छ। यी सबै प्रश्न सुकेशसँग उनको सम्बन्ध तथा उनलाई सुकेशले दिएको उपहारका विषयमा हुनेछन्। उनलाई सुकेशसँग कतिपटक भेटेकोदेखि कतिपटक फोन सम्पर्क भएकोसम्म प्रश्न सोधिनेछ।

अपराध शाखाले पिंकी इरानीलाई पनि अनुसन्धानमा जोडिन उर्दी गरेको छ। इरानीले नै सुकेशसँग ज्याकलिनको सम्बन्ध जोड्न सहयोग गरेकी थिइन्। ‘ज्याकलिनका लागि तयार पारिएको प्रश्नको सेट नोरा फतेहीसँग सोधिएका प्रश्नभन्दा फरक छन्’, एक अधिकारीले भने।

प्रवर्तन निर्देशनालय ईडी ले ज्याकलिनलाई सम्पत्ति शुद्धीकरण मामलामा आफ्नो चार्जसिटमा आरोपीका रुपमा राखेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×