काठमाडौँ । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा केहि व्यक्तिहरुको निहित स्वार्थमा गरिरहेको अर्थहिन आन्दोलनको विरुद्ध स्वतन्त्र कानुन व्यवसायीहरुले काउन्टर प्रोटेष्ट गरिरहेका छन् । उनीहरुको आन्दोलनमा सैयौँको संख्यामा आम सर्वसाधारणले पनि साथ दिइ रहेका छन् ।
आज काठमाडौँको नयाँ बानेश्वर स्थीत एभ्रेष्ट होटल अगाडि भएको स्वतन्त्र कानुन व्यवसायीहरुको प्रदर्शनमा आफ्ना विचारहरु प्रस्तुत गर्दै अधिवक्ता आकृति रायमाझीले भोलिदेखि सरकार प्रधानमन्त्रीको कार्यालयबाट नभएर नेपाल बार एशोसिएसनले चलाउने आशंका व्यक्त गरिन् ।
उनले सर्वोच्च अदालत भनेको जनताले न्याय पाउनु पर्छ भन्ने धारणाले बनेको अदालत रहेको जानकारी दिइन । तर त्यही अदालतमा नेपाल बार एशोसिएसनले आफ्नो घमण्ड सहित गरेको आन्दोलनले उनीहरुलाई फरक नपारे पनि हरेक सेवाग्राहीहरुलाई फरक पार्ने अधिवक्ता रायमाझीले बताइन् । "सर्वोच्च अदालत भनेको जनताले न्याय पाउनु पर्छ भन्ने धारणाले बनेको अदालत हो ।" उनले भनिन्,"सोहि अदालत बन्द गर्छु, राजीनामा नआउन्जेल म बहस नै गर्दिनँ, जसरी भए पनि फलानोको राजीनामा आएन भने म अदालत जस्तो ठाउँ पनि बन्द गर्न सक्छु भन्ने जुन घमण्डले नेपाल बार एशोसिएसनले आन्दोलन गरेको छ सो आन्दोलन सकेसम्म चाँडो बन्द भएन भने नेपाल बार एशोसिएसनको आन्दोलन गर्नेलाई त फरक पर्दैन तर हरेक सेवाग्राहीलाई फरक पर्ने वाला छ ।"
उनले बेन्च बहिष्कार गर्ने न्यायाधीशहरु देख्दा पनि घिन लाग्ने र त्यस्ता न्यायाधीश विरुद्ध पनि प्रदर्शन गर्न जरुरी रहेको बताइन् । "यसरी बेन्च बहिष्कार गर्ने न्यायाधीश देख्दा पनि मलाई त भन्न त हुँदै तर यस्ता न्यायाधीश देख्दा मलाई घिन लागेर आउँछ ।", उनले भनिन्, "न्यायाधीशले म न्याय दिन्न भन्न पाउँछ ? यस्ता न्यायाधीशको विरुद्धमा पनि हामीले प्रदर्शन गर्नुपर्ने जरुरी छ ।"
उनले न्यायालय भनेको दुई चार जना निश्चित व्यक्तिको दाइजो वा पेवा नभएको समेत बताइन् । "सेवाग्राहीलाई दुःख दिएर म न्यायसम्पादन गर्दिनँ । म संविधान भन्दा माथि छु । संविधानले जेसुकै भनोस् तर मैले राजीनामा मागे पछि दिनै पर्छ भनेर घमण्ड गरेर यसरी प्रदर्शन गर्न मिल्छ र ? न्यायालय भनेको दुईचार जना पदाधिकारीहरुको र नेपाल बार एशोसिएसनको पदाधिकारीको दाइजो र पेवा त हैन होला उनीहरुले जे भन्यो त्यै हुनुपर्ने ।" उनले भनिन्, "आज एउटाको राजीनामा माग्छ भोलि गएर प्रधानमन्त्रीको राजीनामा माग्छ । मैले सुनेको वहाँहरुलाई पुलिसले हातपात गर्यो भनेर गृहमन्त्रीको पनि राजीनामा माग्दै हुनुहुन्थ्यो ।"
उनले आगामी दिनमा त सरकार समेत प्रधानमन्त्री कार्यालयबाट नभइ नेपाल बार एशोसिएसनले चलाउने आशंका प्रस्तुत गर्दै भनिन्, "भोलिदेखि त सरकार प्रधानमन्त्रीको कार्यालयबाट नभएर सरकार त नेपाल बार एशोसिएसनले चलाउँछ जस्तो लाग्छ ।"
उनले नपाल बार एशोसिएसनले अदालत भित्र गरेको नाराजुलुस सकेसम्म चाँडो अन्त्य होस् भन्ने आशा समेत गरेकी छिन् ।