प्रधानमन्त्री कप क्रिकेट आजबाट सुरु हुँदै

काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ। प्रतियोगिताको पहिलो दिन २ खेलहरु हुँदैछन्।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल बिहान ९ः३० बजे सुरु हुनेछ। पहिलो दिन नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ।

यस खेल पनि बिहान ९ः३० बजे सुरु हुनेछ। कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ।

समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ। समूह बी मा नेपाल पुलिस क्लब, वागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×