काठमाडौँ। लामो समयपछि नेपाली चलचित्रकी अभिनेत्री आँचल शर्मा पुन: नेपाली चलचित्रमा देखिने भएकी छिन्। उनले भर्खरै दक्षिण भारतीय चलचित्र 'हिटम्यान'मा अभिनय गरेकी छिन्।
निर्माता/निर्देशक मिलन चाम्सको आउँदो चलचित्र 'वर एण्ड वधु'मा अभिनेत्रीलाई देखिने भएको हो। चलचित्रको लागि आँचलको जोडी कलाकारको भने खोजी भइरहेको छ। हाल मिलन 'गोर्खा वारियर–२' को निर्माण गरिरहेका छन्।
कमेडी तथालभ स्टोरी कथामा आधारित चलचित्रको छायांकन फागुनको तेश्रो साताबाट शुरु हुने जनाईएको छ। एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रलागि अन्य कलाकार तथा प्राविधिक सहितको जानकारी केहि दिनमै निर्माण पक्षले दिने बताईएको छ।