एजेन्सी – इन्डोनेसियाको उत्तरी भागमा पर्ने सुमात्रा प्रान्तमा बिहीबार दिउँसो पहिरोमा परी सुन खानीमा काम गर्ने बाह्र जना महिला कामदारको मृत्यु भएको छ । अवैधानिक रुपमा सञ्चालन हुदै आएको सुन खानीमा काम गर्ने कम्तीमा १२ जना महिलाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएका छन्।
मण्डैलिङ नाताल क्षेत्रको बन्दर लिमाबुङ गाउँमा पहिरो जानुअघि अवैध सुन खानीमा केही व्यक्ति काम गरिरहेका थिए। अचानक चट्टानको एक भाग भत्किएको र यसमा परी खानीमा काम गरिरहेका महिलाहरु मारिएका जिल्ला प्रहरी प्रमुख रजा चेरुलले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।
दुर्घटनाको छानबिन भइरहेको पनि उनले जानकारी दिए। खानीमा काम कुल १४ जना पहिरोमा गाडिएका थिए। ती मध्ये दुईजना बाँचेका र मृतकहरुलाई प्रहरीले उद्धार गरी परिवारलाई फिर्ता गरेको जनाइएको छ। बिना इजाजतपत्र खानीहरु सञ्चालन गर्ने पुरातात्विक देशहरुमा सामान्य छन् र विगतका वर्षहरूमा धेरै दुर्घटनाहरू भएका छन्।
गतवर्ष मध्य प्रान्तमा सुलावेसी अवैधानीक रुपमा सञ्चालन भएको सुन खानीमा गएको पहिरोमा परी ६ जना कामदारको मृत्यु भएको थियो।