कोरोना अपडेट: थप २९३ मा कोरोना सङ्क्रमण, दुइको मृत्यु

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप २९३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा ११ हजार ६२६ को पीसीआर परीक्षण गरिएको थियो।

योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख ६५ हजार ६६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार ९२ पुगेको छ । पछिल्लो समय थप २६३  कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख नौ हजार ९२२ पुगेको छ। निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

साथै पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८१ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ। त्यसैगरी, पछिल्लो समय दुई लाख ८२ हजार ६४१ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४१ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×