काठकमडौँ- फिल्म ‘हिरोपन्ती २’ मा टाइगर श्रौफसँग नवाजुद्दीन सिद्दीकी देखिएका छन्। फिल्ममा उनले लैलाको भूमिका निभाएका छन्, जसको निकै चर्चा भइरहेको छ। चलचित्रलाई अहिले दर्शकबाट मिश्रित प्रतिक्रिया आइरहेको छ तर चलचित्रमा उनको भूमिकालाई निकै रुचाइएको छ।
कुनै समय थियो जब नवाजले फिल्ममा काम गर्नका लागि निर्मातासँग धेरै कुरा सुन्नुपर्थ्यो तर आजको समयमा उनीसँग फिल्मको लाइन छ। उनी आफ्नो क्यारेक्टरमा निकै सचेत छन्। सिद्दिकीको ग्याङ्ग अफ वासेपुर, मन्टोदेखि सेक्रेड गेम्सजस्ता प्रोजेक्टको विश्वभर प्रशंसा भएको थियो।
तर नवाजले एक रुपैयाँ लिएर मात्रै फिल्ममा काम गरे जुन हिट पनि भयो। नवाजुद्दीन सिद्दिकीले २०१८ मा रिलिज भएको फिल्म ‘मन्टो’को लागि मात्र एक रुपैयाँ लिएका थिए। यो फिल्ममा नवाजले चर्चित उर्दू लेखक सआदत हसन मन्टोको भूमिका निभाएका थिए तर यो प्रश्न सबैको मनमा रह्यो कि नवाजले यो फिल्ममा सित्तैमा किन काम गरे? जब यो फिल्म नवाजलाई अफर भयो, तब उनलाई यसको कथा धेरै मन पर्यो। उनले त्यही बेला यो फिल्म सित्तैमा गर्ने सोचेका थिए।