फुटसल टिमको पहिलो चरणको छनोटबाट २२ खेलाडी छनोट

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबसल टिमका प्रशिक्षक गौरव बस्नेतले फुटसल टिमको पहिलो चरणको छनोटबाट २२ खेलाडी छनोट गरेका छन्। उनले गएको मंगलबार ३२ खेलाडीबाट २२ खेलाडीलाई छानोट गरेका हुन्। बस्नेतले एएफसी फुटसल एसियन कपका लागि फेब्रुअरी २५ बाट खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका थिए।

काठमाडौंमा केहि दिनको अभ्यास पछि अहिले फुटसल टिम पोखरामा अभ्यास गरिरहेको छ। नेपाली टिमले आउँदो अफ्रिल १ देखि १४ तारिखसम्म किर्गिस्तानमा आयोजना हुने एएफसी एसियन कप छनोट खेल्नेछ।

त्यो छनोट पार गर्न सके यही वर्ष कुवेतमा हुने एसियन कप खेल्न पाइनेछ। छनोटमा नेपाल समूह बीमा उज्जवेकिस्तान, ताजकिस्तान र अफगानिस्तानसँगै रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×