स्पेनिस ला लिगाः रियलको सिजनको पहिलो हार

काठमाडौँ - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार व्यहोरेको छ। शहरी प्रतिद्वन्दी रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३-२ ले पराजित भएसँगै बार्सिलोनाले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको हो।

यसअघि रायोले खेलका अग्रता लिएको थियो। रियल २ पटक खेलमा फर्किएपनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण ३ अंक जोडेको हो। १३ खेलसँगै बार्सिलोनाले ३४ अंक जोडेको छ। मड्रिडको ३२ अंक छ।

बालोन डि ओर विजेता करिम बेन्जेमाबिना खेलेको रियललाई पराजित गर्न रायोका सान्ति कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले १-१ गोल गरेका थिए। रियलका लुका मोड्रिक र इडर मिलिटाओले गोल गरेपनि हार टार्न सकेनन्।

अघिल्लो राति जेरार्ड पिकेको विदाई खेलमा अल्मेरियालाई २-० अन्तरले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा फर्किएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×