काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेल हुँदैछन्। आज हुने पहिलो खेलमा बेलुका सवा ५ बजे लिभरपुल र एभर्टन खेल्दैछन्।
त्यस्तै आजै टोटनहम र फुलहम, नटिङघम फरेस्ट र बर्नमाउथ, चेल्सी र वेस्ट ह्याम, ब्रेन्टफोर्ड र लिड्स यूनाइटेड, उल्भ्स र साउथह्याम्पटन तथा न्युकासल र क्रिस्टल प्यालेसबीच खेल हुनेछ। यी खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछन्।
त्यस्तै म्यानचेस्टर सिटी र एस्टन भिल्लाबीचको खेल राति सवा १० बजे हुनेछ। लगातार ५ खेल जितेको आर्सनल अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर सिटी दोस्रो, टोटनहम तेस्रो, ब्राइटन चौथो र म्यानचेस्टर यूनाइटेड पाँचौ स्थानमा रहेका छन्। पाँच खेलमा १ अंक जोडेको लेस्टर सिटी पुछारमा रहेको छ।