प्रधानमन्त्री कप क्रिकेट: अनिल साहलाई समेट्दै मधेश प्रदेशको टिम घोषणा

काठमाडौँ - कात्तिक १३ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशले टोली घोषणा गरेको छ।

मधेशले शुक्रबार हरिशंकर साहको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो। यसअघि विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएका अनिल साह पनि मधेसको टोलीमा समावेश भएका छन्। अनिल पुलिस छाड्दै प्रदेशको छनोट प्रतियोगिता खेल्न गएका थिए।

चोटका कारण नवौं राष्ट्रिय खेलकुद गुमाएका विवेक यादव पनि टिममा फर्किएका छन्। यस्तै टिममा ४ वैकल्पिक खेलाडी समेत राखिएको छ। सुनिल साह मुख्य प्रशिक्षक रहेको टिममा राष्ट्रिय टिमका पूर्व अलराउण्डर मेहबुब आलम मेन्टरका रुपमा रहेका छन्।

समूह बीमा रहेको मधेश प्रदेशले कात्तिक १७ गते पहिलो खेल प्रदेश १ विरुद्ध मुलपानी क्रिकेट मैदानमा खेल्नेछ। यस समूहमा नेपाल पुलिस क्लब, बागमती र लुम्बिनी प्रदेश पनि छन्। १० टोली सहभागी प्रतियोगिताको समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ।

मधेशको टोलीमा: हरिशंकर साह (कप्तान), विवेक यादव, सन्तोष कार्की, अनिलकुमार साह (विकेटकिपर), रतन रौनक, दब्लु मलिक, इमरान शेख, रोहन बिक, विशाल पटेल, रुपेश सिंह,राजेश यादव, मोहम्मद आदिल आलम, विशाल सुसिङ, प्रदिप पासवान

 बैकल्पिक खेलाडी: राकेश कमत, अविशेख तिवारी, अजय यादव, संसद अन्सारी

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×