प्रचण्डको प्रश्न: दुई ठूला दल मिल्न बन्द कोठा र मध्यरात चाहिन्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन कायम हुने डरले कांग्रेस–एमाले गठबन्धन बनेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफु नेतृत्वको सरकारको ध्यान मुलुकको समृद्धि र सुशासनका केन्द्रीत भएको र मुलुकमा सुशासन हुने भय र डरले कांग्रेस–एमाले गठबन्धन बनेको बताएका हुन् ।

उनले रहस्यमय ढंगले संविधानमा छेडखानी गर्ने प्रयास भएको र कांग्रेस–एमाले गठबन्धन प्रतिगमनतर्फ उन्मुख रहेको आरोप लगाए । उनले नियत सफा भए दुई ठूदा दल मिल्न बन्द कोठा र मध्यरात चाहिन्छ ? भन्दै प्रश्न गरे ।

प्रचण्डले दुई दललाई कसले मिलाएको हो भन्ने प्रष्ट भएको भन्दै राष्ट्रिय सहमतिको नाममा जनतालाई गुमराहमा राख्न खोजिएको धारणा राखे । उनले आफू अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेकाहरुले आफुलाई नैतिकताको पाठ पठाउने प्रयास गरेको तर्क गरे ।

उनले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारे ।

उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको भन्दै उहाले आउने दिनमा पनि त्यसरी नै बचाइने जिकिर गरे ।

प्रचण्डले वस्तुतः सरकारको सफलता नै सरकार ढाल्ने बिडम्वना बन्न पुगेको जिकिर गरे । उनले बिभिन्न प्रकरणको अनुसन्धानलाई सक्रिय रुपमा अघि बढाउन खोज्दा अहिलेको परिस्थीति सिर्जना भएको समेत बताए । विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको उल्लेख गर्दै उनले दलहरूलाई पारदर्शी राजनीति गर्न सुझाव दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×