काठमाडौँ - विजय देवरकोण्डा र अनन्या पाण्डे अभिनित 'लाइगर' बक्स अफिसमा फ्लप भइसकेको छ। १ सय करोड भारुभन्दा बढी लगानीमा बनेको फिल्म फ्लप भएपछि नायक विजयले निर्मातालाई आर्थिक सहायता गर्ने भएका छन्।
विजयले आफूले लिएको पारिश्रमिकमध्ये ६ करोड भारु फिर्ता गर्ने भएका छन्। लाइगरले हालसम्म ४१ करोड भारु मात्र कमाउन सकेको छ।
यस्तै विजयले आफ्नो अर्को फिलेम 'जन गण मन' पनि लाइगरकै निर्देशक पुरी जगन्नाठसँग गर्दैछन्। लाइगरको असफलतापछि जन गण मनको बजेट कम गरिएको छ। लाइगरको असफलताबाट आत्तिएका निर्देशक जगन्नाठ र विजय दुवैले यो फिल्ममा पारिश्रमिक पनि नलिने भएका छन्।
दक्षिण भारतका सुपरस्टार विजयले प्यान इण्डियन फिल्म 'लाइगर'बाट बलिउड डेब्यु गरेका थिए। तर उनलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ।