शान्ति प्रक्रियादेखि यताकाे राजनीति प्रचण्डकै वरिपरि रहेकाे मेयर दाहालकाे दाबी

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवन जिल्ला राजनीतिको केन्द्रबिन्दु बन्नुको पछाडि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल रहेको दाबी गरिन् ।

उनले देश शान्तिप्रक्रिया यता दाहालकै वरिपरि रहेको र देशका हरेक समस्याको समाधान अध्यक्ष दाहालबाट नै भएको बताएकी हुन् ।

मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वको कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको उल्लेख गर्नुभयो । मेयर दाहालले आफ्नो साढे ४ वर्षको कार्यकालमा जनताले सोचेको र जनतासँग वाचा गरे भन्दा धेरै काम गरेको दाबी गरिन् ।

उनले चितवन जिल्ला अहिले दुग्ध उत्पादन, माछा, केराखेती, कृषिको क्षेत्रमा आत्मनिर्भर रहेको बताइन् । उनले शीर्षस्थ नेताहरु भएको ठाउँको विकास अलि चाँडै हुने गरेकोमा त्यसको प्रभाव चितवनमा पनि परेको बताइन् । मेयर दाहालले महानगरले रोजगारी सिर्जना गर्न, विकासलाई तीव्रता दिनका लागि काम गरिरहेकोले जनताले यसलाई मूल्यांकन गरिरहेको बताइन् ।

मेयर दाहालका अनुसार आफ्नो कार्याकालमा महानगरमा ३ अर्ब ७० करोडको खानेपानी योजना र ६१० किलोमिटर सडक निर्माण भएको छ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×