सर्लाहीमा मन्त्रीका पीएसओले चलाए गोली

सर्लाही। सर्लाहीमा मन्त्रीका पीएसओले एक राउण्ड हवाई फायर गरेका छन्। नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा प्रदेश मन्त्रीलाई धकेलाधकेल गर्न थालेपछि मन्त्रीका पीएसओले गोली चलाएका हुन्।

प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहलाई अधिवेशनको विवादका क्रममा धकेल्न थालेपछि मन्त्रीको सुरक्षामा खटिएका पीएसओले एक राउण्ड हवाई फायर गरेको सर्लाही प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए। अहिले स्थिति सामान्य रहेको उनको भनाइ छ। 

बलरा नगरपालिका–९ को वडा अधिवेशन चलिरहेका बेला विवाद भएको थियो । हवाई फायरपछि अधिवेशन रोकिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×